प्यूठान । होटल ब्यबसायी संघ प्यूठानको अध्यक्षमा लिलाधर न्यौपाने निर्वाचित हुनुभएको छ । शनिवार सप्पन्न छैठौं अधिवेशनमा भएको चुनावमा न्यौपने अध्यक्षमा विजयी हुनुभएको हो ।
न्यौपानेले २०७ मत पाउनुभयो भने प्रतिस्पर्धी बसन्त भण्डारीले १२२ मत पाउनुभयो । ६ मत बदर भएको थियो । अरु सवै पदमा सर्वसम्मत भएको बताईएको छ ।



S.K. Creative Media Group