प्यूठान । जिल्लामा बिभिन्न उद्योग ब्यबसाय संचालक गर्दै आएका दश जना उद्धमी सम्मानित भएका छन । विश्व उपभोक्ता दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट दश जना उद्धमीलाई सम्मान गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका निमित्त प्रमुख मनि बहादुर गुरुङले कार्यबिधि अनुसार दश जना उद्धमी छनौट गरिएको बताउनुभयो । कार्यालयले माग गरेको आवेदनहरु मध्ये उत्पादनमुलक, सेवामूलक, कृषि तथा वन पैदावरमा आधारित उद्योग र पर्यटन उद्योगसंग सम्बन्धित उद्योग छनौट भएको गुरुङले जानकारी दिनुभयो ।
बजरंगी नमकिन भण्डारका गोबिन्द बहादुर राउत, न्यू गौमुखी पाउरोटी उद्योगका प्रकाश केसी, राम चाउमिन एण्ड सस उद्योगका मेघराज श्रेष्ठ, स्वर्गद्वारी एग ट्रे उद्योगका धन बहादुर रायमाझी, मनिबिष्णु बुटिक एण्ड ट्रेनिङ सेन्टरका मनि रोकामगर सम्मानित हुनुभएको हो ।
त्यसैगरी राप्ती गण्डकी युनिफर्म उद्योगका विष्णु गिरी, पिंक ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरका बिन्जु श्रेष्ठ, ईशान एग्रो अर्ग्यानिक एण्ड पशुपन्छि फर्मका नबिन श्रेष्ठ, थकाली अल्लो कपडा उद्योगका जुगमला सेरचन र न्यू अर्घाखाँची होटेल एण्ड लजका ईच्छा सुबेदीलाई लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्माले नगद र सम्मान पत्र प्रदान गर्नुभएको हो ।
उद्धमीलाई जनही सात हजार रुपियाँका दरले रकम प्रदान गरिएको थियो । सहभागीले उद्धमीलाई संरक्षण गर्ने गरी तिनै तहका सरकारले काम गर्नुपर्ने बताएका थिए ।



S.K. Creative Media Group