प्यूठान । नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानको १५ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ । शनिबार शिक्षक महासंघको सभाहल पुण्यखोलामा अधिबेशन सम्पन्न गरेको हो ।

अधिवेशनले राम बहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष टोपाराम पोख्रेल, महिला उपाध्यक्ष कल्पना कोइराला, सचिब मिन बहादुर घर्तिमगर, महिला सह सचिब गिरिजा थापा, कोषाध्यक्ष गिरिराज जैसी, सह कोषाध्यक्ष माया गिरी रहनुभएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष कमला थापाले शिक्षकका अधिकार प्रति राज्य उदासिन भएको बताउनुभयो । उहाँले मुलुकको राजनीतिक परिवर्तनमा शिक्षकहरुको योगदान महत्वपुर्ण रहेको चर्चा गर्नुभयो ।

मुलुकमा शिक्षकहरुले अहिले पनि आफुलाई सुरक्षित महसुस गर्न नसकेको भन्दै उहाँले पेशागत सुरक्षा र शैक्षिक सुधारको निम्ति सबै शिक्षकहरु एकजुट भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठन राजनीतिक अधिकार सहितको ट्रेड युनियन अधिकारको पक्षमा दृढ रहेको भन्दै थापाले ठुलो त्याग र बलिदान बाट प्राप्त उपलब्धिको रक्षाको निम्ति आफुहरु जस्तोसुकै संघर्ष गर्न पनि पछि नहट्ने स्पष्ट पार्नुभयो ।

उहाँले हरेक समयमा शिक्षकसँग भएका संझौता अक्षरशः लागु गर्नु पर्ने भन्दै संझौता अनुसार शिक्षा ऐन जारी नभए स्वीकार्य नहुने चेतावनी दिनुभयो । अधिबेशनको प्रमुख अतिथि समेत रहनुभकी उपाध्यक्ष थापाले कतिपय पालिकाले शिक्षक माथी ज्यादती गर्ने गरेको गुनासो आएको भन्दै त्यस्ता गतिविधि रोक्न समेत उहाँले आग्रह गर्नुभयो ।

उपाध्यक्ष थापाले शिक्षकहरुले आफ्नो अधिकार सँगसँगै कर्तव्य पनि ख्याल गर्दै पेशागत सुरक्षामा अडिग भएर अगाडि बढ्न समेत शिक्षकहरुलाई आग्रह गर्नुभयो। शिक्षकहरुले आफुलाई युग समय सापेक्ष अनुसार परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । राजय्ले शिक्षकलाई सीप र दक्ष बनाउन पहल थाल्नुपर्ने खाचो रहेको बताउनुभयो।

विभिन्न आन्दोलनबाट भएको सबै सम्झौतालाई राज्यले कार्यान्वयन गर्दै शिक्षा ऎन छिट्टै ल्याउनुपर्ने बताउनुभयो । उहाँले अहिलेपनी सरकारले शिक्षा ऎन ल्याउन आलटाल गरेको भन्दै छिट्टै ऎन संसदमा पेश गरेर पारित गर्न आग्रह गर्नुभयो । अहिले हामी आन्दोलनमै छौ । उहाँले भन्नुभयो, “संगठनले लबिङ गरेरहेको छ विधेक छिट्टै आउनेमा आफूहरु ढुक्क रहेको बताउनुभयो । “आगामी हिउँदे अधिबेशनसम्म विधेक ल्याउने आश्वासन पाएको उहाँले जानकारी दिनुभयो । शिक्षक सिकाईमा उपलब्धि हासिल गर्न कार्यक्षेत्रमा मन वचन र कर्मले लाग्न उहाँले शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेश सदस्य तथा पुर्व मन्त्री तुल्सिराम शर्माले गुणस्तरीय शिक्षाको लागि शिक्षकहरुको भूमिका महत्त्वपूर्ण रहेको भन्दै जिम्मेवार भएर शैक्षिक गुणस्तरको लागि कटिबद्ध भएर लाग्नुपर्ने  बताउनुभयो। शिक्षकले विद्यार्थीको मनोभावना अनुसार शिक्षण सिकाई योजना बनाएर उपलब्धि हासिल गर्न तर्फ जोड दिन आग्रह गर्नुभयो ।

शिक्षकले विद्यार्थीलाई सक्षम बनाउन परम्परागत शिक्षण सिकाईमा सुधार आवश्यक रहेकोले समय सापेक्ष आफुलाई पनि परिमार्जित गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । मुलुकमा राजनीति परिवर्तन त भयो अब अवस्था परिवर्तन गर्नुपर्ने बेला आएको भन्दै   अब आर्थिक परिवर्तन जरुरी रहेको बताउनुभयो। सबल र सक्षम नावरिक उत्पादन गर्दै राष्ट्रलाई समृद्ध बनाउन शिक्षकको भुमिका महत्त्वपूर्ण रहेको छ । उहाँले भन्नुभयो, “शिक्षक कर्मचारी किसान मजदुर सबैले जिम्मेवार भएर अगाडि पढ्नुपर्ने बताउनुभयो ।उहाँले शिक्षकहरु आफ्नो पेशामा निर्धक्क भएर काम गर्ने बाताबरण राज्यले बनाउदै गएको बताउनुभयो ।

त्यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष बिजय बिराज बिष्टले मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक ,सामाजिक  र सांस्कृतिक परिवर्तन हुन नसकेको बताउनुभयो । राजनीतिक परिवर्तनको निम्ति ठुलो योगदान पुर्याएका शिक्षकहरुले गणतन्त्रको स्थापना भएपछि पनि आफुलाई असुरक्षित महसुस गर्नु दुःखद कुरा भएको भन्दै उहाँले नेकपा एमाले शिक्षकका समस्या प्रति गम्भीर र चिन्तित रहेको बताउनुभयो । संघिय शिक्षा ऐन शिक्षक मैत्री ल्याउनको निम्ति आफ्नो पार्टीले पहल गर्ने उहाँको भनाई थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष संकर थापाको अध्यक्षता, उपाध्यक्ष राम बहादुर केसीको स्वागत मन्तव्य र सचिव खिम बहादुर रावतको संचालनमा सम्पन्न कार्यक्रममापेशागत महासंघ प्युठानका अध्यक्ष दल बहादुर केसी, नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व अध्यक्ष देबि रिजाल, नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश इन्चार्ज लिला आचार्य, प्रेस चौतारी नेपाल प्युठानका अध्यक्ष वासुदेव गिरी लगयतले मन्तव्य राख्दै शिक्षा क्षेत्रमा आमूल परिवर्तनको खाँचो रहेको बताउनुभयो  । उहाँहरुले व्यवहारिक र सीप मुलुक शिक्षाको निम्ति सरकार गम्भिर बन्नु पर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिब खिम बहादुर रावतले पेश गर्नुभएको संगठको प्रगति प्रतिबेदन भाबी योजना र कोषाध्यक्ष खिम बहादुर जिसीद्वारा प्रस्तुत आर्थिक प्रगति प्रतिबेदन अधिबेशनको बन्दसत्रमा पारित गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय