काठमाडौँ । मंगलबार बिहान अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो।
अछामको बाटुलसेन केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का अछाम र पश्चिम नेपालका आसपास स्थानहरुमा महसुस भएको भुकम्प मापन केन्द्रले जनाएको छ।


S.K. Creative Media Group