प्यूठान । प्यूठान उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष सन्देश आचार्यलाई सम्मान गरिएको छ । मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र खलंगा प्यूठानले अध्यक्ष आचार्यलाई मंगलबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
संस्थाका सुवेच्छुक एवं पूर्व पदाधिकारी समेत रहनुभएका आचार्य सहित संघका पदाधिकारी, मल्लरानी बजार क्षेत्रका पदाधिकारी र सदस्यलाई समेत सम्मान गरिएको छ । संघका कोषाध्यक्ष कुमार श्रेष्ठ, मल्लरानी बजार क्षेत्रका सचिव पशुपति श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मण श्रेष्ठ र सदस्य लोकेन्द्र सुनारलाई संस्थाले सम्मान गरेको हो ।
उक्त अवसरमा संस्थाका सल्लाहकार दामोदर शर्मा, अनुगमन समितिका संयोजक टिएस गुरुङ, युवा तथा खेलकुद समिति संयोजक पशुपति श्रेष्ठ, मनोनित सदस्य विरेन्द्र थापा र सपना पोख्रेललाई प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा युएसएआईडी किशोरकिशोरी कार्यक्रमका कर्मचारीलाई समेत विदाई गर्दै प्रमाणपत्र प्रदान गरिएको छ । संस्थाका अध्यक्ष निर्जला कर्माचार्यको अध्यक्षता एवं मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठले गर्नुभएको थियो ।











S.K. Creative Media Group