प्युठान। लुम्बिनी प्रदेश बचत संघको अध्यक्ष कृष्ण नेपालले जिल्लाका सबै सहकारीहरुलाई एकीकरण गर्दै आयआर्जनको क्षेत्रसँग जोड्दै लैजानुपर्ने बताउनुभएको छ । बचत तथा ऋण सहकारी जिल्ला संघ प्युठानको बिजुवारमा आयोजित ११ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सहकारीलाई एकीकृत गर्दै लैजानुको विकल्प छैन । उहाँले भन्नुभयो, “ब्यवस्थित सहकारीको रुपमा स्थापित गर्न पुजिलाई आय आर्जनको क्षेत्रमा अधिकतम लगानी गर्दै लैजानुपर्ने बताउनुभएको छ।” उहाँले सहकारीको प्रबद्र्धन र समुचित विकास गर्नु अहिलेको मुख्य आबश्यकता भएकोले यसतर्फ सहकारी संस्थहरु चनाखो हुनुपर्ने बताउनुभएको छ ।
अध्यक्ष नेपालले केही अनेत्र जिल्लाका सहकारीमा कतिपय विकृति र अनियमित भएको भन्ने सुनिएकोले यस् बिषयमा जिल्लाका सबै सहकारी संस्थाहरु जिम्मेवार हुँदै सचेत हुनुपर्ने बताउनुभएको छ । जिल्लामा सहकारीले किसानको आय आर्जनका पक्षमा काम गर्दै आएको प्रति उहाँले सहकारीको प्रसंशा गर्नुभएको थियो ।
त्यस्तै प्रदेश बचत सहकारीका महासचिव ऋषिराम शर्माले सहकारी जनताको मन जित्दै आर्थिक सारथी भएकोले यसलाई अझै जनमुखी बनाउन सबैको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो । सहकारीको मुल्य मान्यता र अर्थिक सुशासनलाई आत्मसात गर्दै जानुपर्ने उहाँले बताउनुभयो ।
साधारणसभा कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष सुशील पोख्रेल, बचत तथा ऋण सहकारी जिल्ला संघका संस्थापक अध्यक्ष लोक बहादुर बस्नेत, निवर्तमान अध्यक्ष ओमभक्त पण्डित, लगाएत सहकारी संस्थाका प्रतिनिधिले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा सहकारीका सचिब बलभद्र केसीले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाको आर्थिक प्रगति प्रतिबेदन संस्थाका कोषाध्यक्ष निरज सुबेदीले प्रस्तुत गर्नुभएको थियो ।
बचत तथा ऋण सहकारी जिल्ला संघ प्युठानका अध्यक्ष भोज बहादुर बस्नेतको अध्यक्षता तथा उपाध्यक्ष माया गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहकारीका सदस्य केशव भण्डारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा संस्थाका शेयर सदस्य सञ्चारकर्मी समाजसेबी लगायतको सहभागीता रहेको थियो।
बचत तथा ऋण सहकारी जिल्ला संघ प्युठानले ११ औं साधारणसभाको अवसरमा उत्कृष्ट तीन सहकारी संस्थालाई सम्मान गरेको छ ।