प्युठान । झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले स्थानीय सरकारले लिएको उत्पादनको नीति तथा कार्यक्रमलाई अनुसरण गर्दै सहकारी संस्थालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार झिमरुम गाउँपालिका-६, स्थित चिरायु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चिसावाङकाे १६ औं साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष एमसीले गाउँपालिकाले लिएको उत्पादन र आत्मनिर्भरको नितिसँग जोडेर सहकारी संस्थाहरुले काम गर्नुपर्ने बताउनुभएको हो।

त्यसको लागि पहिला सहकारी संस्था आफैमा सबल, सक्षम र बलियो बनाउनुपर्ने बताउनुभयो । सहकारी संस्थाले अब बचत संकलन र परिचालन मात्र गर्ने होईन। उहाँले भन्नुभयो, ‘आफ्ना सदस्यलाई रोजगार सँग जोडेर आत्मनिर्भर बनाउनुपर्ने पर्छ ।’ रोजगारमा जोडेर लैजान सकेमात्र सहि अर्थमा सहकारीको मर्म र उदेश्य पूरा हुने बताउनुभयो । सहकारीको माध्यमबाट पनि राज्यले लिएको बिकासको लक्ष पूरा गर्न मद्दत पुग्ने भन्दै उहाँले प्रतिफलका क्षेत्रमा लगानी वृद्धि गर्दै दक्ष श्रमिक उत्पादन गरेर रोजगार सिर्जना गर्नुपर्ने धारणा राख्नुभएको थियो ।‘सहकारीको पुँजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु अहिलेको मुख्य आवश्यक हो।’ उहाँले भन्नुभयो, ‘समयानुकूल सहकारी निति,विधि र प्रबिधी केन्द्रित हुन आबश्यक रहेको बताउनुभयो।

त्यसैगरी कार्यक्रममा झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाहीले सहकारीलाई राज्यले लिएको गरिबी न्यूनीकरणको निति सँग सहकारीलाई जोडेर लैजान सकेमात्र सहकारी अभियान सफल हुने बताउनुभयो । सहकारी संस्थालाई सहकारी कानुन र नीतिको मर्म र भावना अनुसार चलाउन सकेमात्र अब्बल बनाउन सकिने भन्दै त्यस तर्फ सहकारीहरुले ध्यान दिन उहाँले आग्रह गर्नुभयो। सहकारीले उत्पादन,रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुन उहाँले सुझाव दिनुभयो।

सहकारी क्षेत्रको सुदृढीकरण र कार्यप्रणालीलाई ब्यवस्थित गर्नुपर्ने र रोजगारीका अवसर सृजना गर्न सहकारी क्षेत्रले मुख्य ध्यान दिनु पर्ने जिल्ला सहकारी संघका अध्यक्ष सुशील पाेख्रेलले बताउनुभयो ।

कार्यक्रममा असल ऋणी, असल बचत कर्ता लाई सम्मान गरिएको छ। सोही कार्यक्रममा ७ जना स्थानीय बृद्धबृद्धाहरुलाई न्यानो टोपिले सम्मान गरिएको संस्थाका अध्यक्ष धुर्व बहादुर जिसीले बताउनुभयो । त्यस्तै चिरायु माध्यमिक बिद्यालय चिसावाङका उत्कृष्ट एक-एक जना छात्र छात्रालाई नगद र प्रसंशा पत्रबाट सम्मानित गरिएको छ भने सहकारीमा आवद्ध एक जना दलित सदस्य लाई खादा र नगद रकम सहित सम्मान गरिएको अध्यक्ष जिसीले जानकारी दिनुभयो । सहकारी संस्थालाई उल्लेखनीय योगदान गरेको भन्दै ३ जना सहकारी संस्थामा आवद्ध सेयर सदस्यलाई कार्य प्रगति हेरेर सम्मान गरिएको अध्यक्ष जिसीले बताउनुभयो ।

कुल ४ सय ६५ सदस्य रहेको चिरायु बचत तथा ऋण सहकारी संस्थाको हालसम्म कुल आम्दानी २ करोड ४९ लाख ६८ रुपैयाँ रहेको आर्थिक प्रतिबेदनले देखाएको छ । जसमध्ये २ करोड ५ लाख ९९ हजार ३ सय ७५ रुपैयाँ सेयर सदस्यलाई आय आर्जनको क्षेत्रमा ऋण लगानी गरिएको कोषाध्यक्षको प्रतिबेदनले देखाएको छ । बैंक मौज्दात २७ लाख ६३ हजार १ सय ६३ रुपैयाँ रहेको जानकारी दिएको छ । सहकारी संस्थाहरुले आयआर्जन र उत्पादनका क्षेत्रलाई जोड दिएको प्रतिबेदनले देखाएको छ ।
लेखा समितीका संयोजक यामलाल पोख्रेलले सहकारीको लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रगति प्रतिबेदन संस्थाका सचिब र आर्थिक प्रगति प्रतिबेदन कोषाध्यक्षले सभामा प्रस्तुत गर्नुभएको थियो । उक्त दुबै प्रतिबेदन सभाले अनुमोदन गरेको थियो ।

चिरायु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ध्रुव बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा झिमरूक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षत्रीकाे प्रमुख आतिथ्यता रहेको थियो। उक्त कार्यक्रममा झिमरूक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाही ,जिल्ला सहकारी संघका अध्यक्ष सुशील पाेख्रेल, वाडानं,७ का वडा अध्यक्ष श्री कृष्णबहादुर जिसी चिरायु माद्यामिक बिद्यालयका प्रधानाध्यापक सीता पाेख्रेल, भूमेथान महिला बचत तथा ऋण सहकारीका अध्यक्ष राधा घिमिरे लगाएतले सहकारीको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो भने, कार्यक्रमकाे संचालन संस्थाका सचिव माधव पाेख्रेल र स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष पदम बहादुर थापाले राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय