रोल्पा । रोल्पाको लिबाङमा रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो रोल्पा महोत्सव हुने भएको छ । बुधबार उद्योग वाणिज्य संघ रोल्पाले पत्रकार सम्मेलन मार्फत फागुन १७ गतेदेखि २६ गतेसम्म “तेस्रो रोल्पा महोत्सव” लगाउने जानकारी दिएको हो ।

पत्रकारसँग कुरा गर्दै उद्योग वाणिज्य संघ रोल्पा अध्यक्ष केशव कुमार आचार्यले जिल्लाको व्यावसायिक कृषि, उद्योग, संस्कृतिक र पर्यटन क्षेत्रको विकास र प्रर्वद्धन गर्ने उदेश्य सहित ‘तेस्रो रोल्पा महोत्सव २०८०’ आयोजना गर्न लागिएको बताउनुभयो । स्थानीय रुपमा उत्पादित कृषि उपज बस्तुहरु तथा अल्लो धागोबाट बनेका कपडा विभिन्न बस्तुहरु महोत्सवमा राखिने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

महोत्सवमा १ सय २० बढि स्टल रहने मुख्य आर्कषनको रुपमा स्थानिय कृषि उत्पादन, पर्यटन, व्यापार, उद्योग, स्थानिय मौलिक कला-संस्कृति, शैक्षिक प्रदर्शनी, स्वास्थ्य सम्बिन्धी चेतनामूलक प्रदर्शनी लगायतका स्टलहरु रहने अध्यक्ष आचार्यले बताउनुभयो ।

महोत्सवले रोल्पाको व्यावसायिक कृषि, उद्योग, संस्कृतिक र पर्यटन क्षेत्रको विकास र प्रर्वद्धन गर्दै आर्थिक कारोबार चलाएमान बनाउने अपेक्षा आयोजकले लिएको छ। महोत्सवमा रोल्पाका दशवटै स्थानीय तहमाबाट आफ्नो कला संस्कृति अनुसारका बाध्यवादन, झाँकी, पैसारु नाँच प्रदर्सन गरिने आयोजकले बताएको छ ।

जिल्लामा लगाउन लागिएको ‘तेस्रो रोल्पा महोत्सव’ बाट भएको आम्दानीले जिल्लाको मुख्य व्यापारीक केन्द्रहरुमा सिसिटिभि जडान गर्ने लक्ष्य उद्योग वाणिज्य संघ रोल्पाले लिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

महोत्सव संचालनको लागि उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष केशव कुमार आचार्यको अध्यक्षतामा एउटा मुल समारोह समिती र अन्य २० बिधामा उपसमितीहरु गठन गरिएको छ । महोत्सवको मुल समारोह समितीमा १ सय ५१ सदस्य समिती रहने गरि गठन गरिएको जानकारी दिएको छ । उपसमितिको सदस्य आवश्यकता अनुसार हुने छ ।

मुल समारोह समितिको सदस्यहरुमा जिल्ला भरका स्थानिय तहका पालिका देखि वडा समेतको जनप्रतिनिधीहरु र जिल्ला स्थित सबै कार्यालयका प्रमुखहरुलाई राखिने महोत्सव मुल समारोह समितिका संयोजक आचार्यले जानकारी दिनुु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय