कमल बि.क.

प्यूठान। विजय फूलवारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानले सदस्य राहत कोष बातको रकम सोमबार भुक्तानी गरेको छ । प्यूठान नगरपालिका ३ सापडाँडा निवासी शेयर सदस्य माया देवी नेपालीको मृत्यु भएको हुँदा मृतकको परिवारलाई समवेदना पत्र र २५ हजार संस्थाका व्यवस्थापक प्रकाश बैद्यले हस्तान्तरण गर्नु भएको हो ।

 

सदस्य राहत कोष अन्र्तगत संस्थाले मृतक शेयर सदस्यको परिवारलाई २५ हजार र शेयर सदस्यको परिवारको सदस्य मृत्यु भएमा ५ हजार समवेदना हस्तान्तरण गर्दै आएको छ ।

 

संस्थाले समुह जमानी ऋणमा ५० हजार देखी र धितोमा ऋणको विमा गराउने प्रावधान राखेको छ । विमा गरेको ऋणको नियमित रुपमा सावाँ व्याज आएको बखतमा ऋणीको मृत्यु भएका विमाले भुक्तानी दिने व्यवस्था छ ।

 

संस्थाले सुत्केरी भेटघाट कार्यक्रम अन्र्तगत अण्डा वितरण तथा नवशिशु बचत खाता सञ्चालन, सदस्य दुर्घटना विमा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

संस्थाले निरन्तर २ पटक नेफस्कुनले प्रदान गर्ने राष्ट्रिय स्तरको ब्राण्ड प्राप्त गरिसकेको छ भने हाल एशिया स्तरको अन्र्तराष्ट्रिय ब्राण्ड एक्सेस ब्राण्डमा समेत सहभागी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय