प्यूठान । मल्लरानी गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्धम बिकास कार्यक्रम (मेड्पा) अन्तर्गत चालु आर्थिक वर्षको कार्यक्रम शुरु भएको छ । यो वर्ष गाउँपालिकाको ५ नम्बर वडामा कार्यक्रम लागु गर्ने निर्णय अनुसार प्रक्रिया अघि बढेको हो ।

यस वर्ष ३० जना नयाँ उद्धमी सृजना गर्ने लक्ष्य रहेको उद्धम बिकास सहजकर्ता फुलमति सुनारले बताउनुभयो । कार्यक्रम गर्न
९ लाख २० हजार बजेट बिनियोजन भएको छ ।

मंगलबार वडा स्तरीय अभिमुखिकरण सम्पन्न भएको छ । वडामा रहेका दलित र जनजातीलाई लक्षित गरेर कार्यक्रम संचालन गर्न लागिएको वडा अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।

मेड्पा अन्तर्गत सामाजिक परिचालन, उद्धम बिकास तालिम, सिप बिकास तालिम, बित्तीय पहुँच, उपयुक्त प्रबिधिमा पहुँच, बजारीकरणमा उद्धमीलाई सहयोग गर्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय