महेश थापा
बाहाने । गंगा माध्यमिक बिद्यालय बाहानेका विद्यार्थीलाई बित्तीय साक्षरता कार्यक्रम संचालन गरिएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कक्षा १२ का विद्यार्थीलाई बित्तीय साक्षरता सम्बन्धि अभिमुखिकरण गरेको हो ।
ह्याकरबाट हुने ठगिबाट बच्ने उपाय, सक्कली नक्कली नाेट छुट्याउने प्रविधि , बैध र अबैध धनकाे चिनारी लगायतका बिषयमा सहजीकरण गरिएको थियो । बैङ्किङ ठगीबाट बच्ने उपाय थाहा नपाउँदा धेरै नागरिक ठगिएकाले याे अभियान थालिएको बैंकका बाहाने शाखा प्रमुख बसन्त थापाले बताउनुभयो ।
कार्यक्रमकाे सहजीकरण बैंकका बाहाने शाखा प्रमुख बसन्त थापा र कर्मचारी युवराज केसीले गर्नुभएको थियो । बाहानेमा २०७५ सालमा बैंकको शाखा स्थापना भएको थियो ।