प्यूठान । माण्डवी गाउँपालिकाको पवित्र धार्मिक स्थल त्रिवेणी धाममा यस वर्ष महोत्सव लाग्ने भएको छ । त्रिवेणी सामुदायिक ग्रामीण विकास संस्थाले चैत २९ गतेदेखी बैशाख ९ गतेसम्म प्यूठान माण्डवी कृषि, पर्यटन तथा सांस्कृतिक मेला महोत्सव सञ्चालन गर्न लागेको हो ।

कृषि तथा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष रामचन्द्र पौडेलले बताउनुभयो । माडी क्षेत्रमा उत्पादन हुने सामाग्रीको बजारीकरणमा समेत महोत्सवले सहयोग गर्ने अध्यक्ष पौडेलको भनाई छ ।

महोत्सवमा स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिँदै ५ वटा स्टल निःशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ । महोत्सवमा माडी क्षेत्रको पुरानो माडीखोले नाँच, मारुनी नाँच, बिद्यालय स्तरीय हाजिर जवाफ, जिल्ला स्तरीय भलिवल प्रतियोगिता, हात्ती सवार, प्याराग्लाइडिङ, बोटिंङ, डान्स आइडल, विद्युतीय मेशिन कृषि औजार प्रदर्शनी, आटोमोबाईल प्रदर्शनी हुनेछ ।

त्यसैगरी,माडी खोलाका माछाको परिकार, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति समेटिने आयोजकले जनाएको छ । महोत्सवका तयारी अन्तिम चरणमा पुगेको मेला संयोजक ईमान बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय