प्युठान । प्युठानका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले जिल्लाको बिकास, शान्तिसुरक्षा र सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयनमा सबै सरोकारवालाको सहकार्य जरुरी बताउनुभएको छ । गृह मन्त्रालयबाट सरुवा भई प्युठान आउनु भएका प्रजिअ नेपालले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग शुक्रबार जिल्ला प्रशासन कार्यालय प्युठानमा भएको परीचयात्मक कार्यक्रमा बोल्दै यस्तो बताउनु भएको हो ।
उहाँले जिल्लाको बिकास, शान्तिसुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन सबैसंग हालेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सबैको सहयोग र साथ भएमा मात्रै जिल्लामा शान्तीसुरक्षा र सुशासनलाई मजवुद बनाउन सकिने भन्दै नेपालले सत्य, तथ्य सुचना नागरिकलाई दिन आग्रह गर्नुभयो ।
सञ्चारकर्मिहरुले खोजपत्रकारीता मार्फत सत्यतथ्य सुचना प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । सत्य तथ्य सूचना जनता माझ ल्याउनु पत्रकारको धर्म भएकोले उहाँले सहि सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रम पत्रकारहरुले जिल्लाको बिकास र समस्याको बारेमा कुरा राखेका थिए ।
कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवि शर्मा, प्रशासकीय अधिकृत जालन्दर भुसाल, नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष श्रीराम भण्डारी, सचिब वासुदेव गिरी, पुर्व सचिब बिजय सिंह भारती, लगायत जिल्ला स्थित सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।



S.K. Creative Media Group