काठमाडौँ । सत्तारुढ दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको प्रधानमन्त्रीको सचिवायले जनाएको छ।
बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम गभर्नर नियुक्ति, चिकित्सकको आन्दोलन लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ। आन्दोलनरत शिक्षकहरूसँग नियमित वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन । मङ्गलवार पनि वार्ता भएपनी अझै ठोस सहमति जुट्न नसकेको बताइएको छ। तर सहमति नजिक पुगेको बताइएको छ।
बैठकमा सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषय, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।
सत्तारुढ दलहरूको बैठकले तत्काल मन्त्रिपरिषदबाट गर्न सकिने निर्णय र सरकारले पूरा गर्नसक्ने मागहरूका विषयमा आन्तरिक परामर्श गर्ने तयारी गरेको छ। बैठकमा कांग्रेस, एमाले, जसपा, लोसपालगायतका नेताहरु सहभागी छन्।



S.K. Creative Media Group