दाङ । आजबाट लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन सुरु हुँदैछ। अधिवेशनको पहिलो बैठक आज दिउँसो१ बजेका लागि तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश सभा सचिवालयद्वारा सार्वजनिक गरिएको सम्भावित कार्यसूचीअनुसार पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ ।
विभिन्न दलका तर्फबाट माननीय सदस्यहरूले अधिवेशन प्रारम्भको अवसरमा शुभकामना मन्तव्य राख्ने कार्यक्रम समेत तय गरिएको छ। प्रदेश सभाको यस अधिवेशनलाई महत्वपूर्ण मानिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।
चालुअधिवेशनमार्फत् प्रदेश सरकारको विकास योजना, बजेट निर्माण प्रक्रिया र अन्य विधेयकहरूमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।



S.K. Creative Media Group