प्युठान । गत शुक्रबारदेखि परेको अविरल वर्षाको कारण जिल्लाको झिमरुक गाउँपालिका-७ तुषारा स्थित वाहखोर कालीवडा बस्तिमा पहिरोले १४ घर उच्च जोखिममा परेका छन् । आइतबार उक्त बस्तिका स्थानीयले पहिरोले पुर्याएको क्षतिबारे अनुगमन निरीक्षण गरि पहिरो र भल ब्यवस्थापनको लागि आवश्यक सहयोगको माग गर्दै गाउँपालिकामा निवेदन सहित जानकारी गराएका हुन ।

अविरल बर्षासँगै आएको भलको उचित व्यवस्थापन नहुदा स्थानीयको तुषारा स्थित वाहखोर कालीवडा दलित बस्तिका १४ घरमा जोखिममा परेको स्थानीय लाल बहादुर दमैले जानकारी दिनुभयो ।

पहिरो प्रभावित बस्तिका स्थानीयले गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीलाई जोखिममा परेका घरमा आवश्यक सहयोगको लागि आइतबार निवेदन पेश गरेको उहाँले जानकारी दिनुभयो । पहिरोको उच्च जोखिम भएकोले बास्तीमा स्थानीय त्रासमा बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

परिरो प्रभावित बस्तिका स्थानीयको निवेदन बुझ्दै अध्यक्ष महतरा क्षेत्रीले पहिरोले पुर्याएको क्षतिको जानकारी लिदै उक्त क्षेत्रमा जनप्रतिनिधि र प्राबिधिक सहितको टोलि स्थलगत अनुगमन तथा निरीक्षण गरेर तत्काल बस्तीमा भएको क्षतिलाई कम गर्न आवस्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

पहिरोको जोखिममा परेका उक्त बस्तिको आवस्यक अध्यन अनुसन्धान गरी दिर्घकालिन रुपमा समस्याको समाधान खोजिने पालिका अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

गाउँ पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, पहिरो प्रभावित क्षेत्रका स्थानीय सहित वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण बहादुर जिसी र पलिका प्राबिधिक लगायतको उपस्थिति रहेको थियो । सोमबार पालिकाको टोलि पहिरो निरिक्षणको लागि जाने कार्यक्रम तय भएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय