प्युठान । खेलकुद क्षेत्रको विकास नै आम युवा पङ्तिको समृद्ध र भविष्यसँग जोडिने एउटा महत्वपूर्ण आधार भएको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभएको छ। शुक्रबार झिमरुक गाउँपालिका-५ ओखरकोट खेलमैदानमा परिवर्तनशिल युवा क्लबले आफ्नो एघारौं वार्षिकोत्सबको अवसर पारेर आयोजना गरिएको पुरुष तथा महिला भलिबल खेलको उद्घाटन गर्दै उहाँले युवायुवतीलाई खेलकुदमा जोड्न सकेमात्र खेलकुदको विकास सँगसँगै युवायुवतीको समृद्धिको आधार बन्ने बताउनुभएको हो ।
स्थानीय स्तर हुँदै जिल्ला प्रदेश राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सशक्त माध्यम खेलकुद नै हो। उहाँले भन्नुभयो, “झिमरुक गाउँपालिकालाई खेलकुदको हब बनाउने गरि स्थानीय सरकारले पहल गर्दै अघि बढ्दैछौ। हामी पदक प्राप्त गर्ने खेलाडी मात्रै उत्पादन गर्दैनौ, संस्कारयूक्त खेलाडी उत्पादनमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले खेलले खेलाडीको उज्ववल भविष्यसँगै खेल संस्कृतीको विकास गर्न भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले खेलकुदको विकासमा धेरै चुनौती रहेको उल्लेख गर्दै सबैको हातेमालो हुनुपर्नेमा जोड दिनुभएको छ ।
परिवर्तनशिल युवा क्लब क्लबका कार्यबाहक अध्यक्ष सन्देश बिकको अध्यक्षता भएको कार्यक्रममा प्रमुख आतिथ्यता पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको रहेको थियो ।
परिवर्तनशिल युवा क्लबको एघारौं वार्षिकोत्सबको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा पुरुष भलिबलतर्फ १४ टिम र महिला भलिबलतर्फ ३ टिम सहभागी भएको आयोजक संस्थाले जनाएको छ ।
तिज गित प्रतियोगिता समेत हुनेछ । ओखरकोट खेलमैदानमा हुने खेलकुद कार्यक्रम २३ गतेदेखि २५ गतेसम्म संचालन हुने परिवर्तनशिल युवा क्लबका कार्यबाहक अध्यक्ष सन्देश बिकले जानकारी दिनुभयो ।
पुरुष भलिबलतर्फ पहिलो, दोस्रो र तेर्सो हुने खेलाडी टिमलाई १० हजार, ५ हजार र ३ हजार नगद सहित मेड्ल, शिल्ड, प्रमाणपत्र पाउनेछन् । त्यस्तै महिला भलिबलतर्फ पहिलो र दोस्रो हुनेलाई क्रमश ५ हजार र ३ हजार मेड्ल, शिल्ड, प्रमाणपत्र प्राप्त गर्ने छन । तिज गित प्रतियोगिता समेत गरिने आयोजकले जानाएको छ । उक्त तिज गित प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई ३ हजार, ३ हजार र २ हजार पुरस्कार रहेको अध्यक्ष बिकले जानकारी दिनुभयो ।
शिक्षक, विद्यार्थी, खेलाडी, तथा स्थानीयको उल्लेख्य सहभागितामा रहेको थियो। कार्यक्रम बोल्ने बक्ताहरुले खेलकुदको विकासका लागि खेलकुद सवैको नैसर्गिक अधिकारका रुपमा अघि बढाउनुपर्ने र यसको लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको छ ।





S.K. Creative Media Group