प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले यस चालू आर्थिक वर्षमा सञ्चालन हुने योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था बारे छलफल गरेको छ ।

मंगलबार पालिकाको सभाहलमा भएको छलफलमा चालू आर्थिक वर्ष सुरुदेखि हालसम्मको कार्यप्रगतिको समिक्षा र रिपोर्टिङ गर्दै आगामी दिनमा योजना कार्यान्वयनको लागि कार्ययोजना बनाएर अगाडि बढ्ने तयारी गरिएको हो।

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको बैठकमा पालिका उपाध्यक्ष प्रमोद पोख्रेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरी जिसी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, प्रशासन शाखा प्रमुख हरिप्रसाद पोख्रेल, लेखा शाखा, योजना शाखा, प्राविधिक शाखा, वडा सचिवहरु, वडा प्राविधिक, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

बैठकमा पालिका अध्यक्ष महतरा क्षेत्रीले तोकिएको समयमै योजना तथा कार्यक्रमहरु सम्पन्न गर्न जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समिती जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

योजना कार्यान्वयनमा तदरुपता देखाउन वडा अध्यक्ष, वडा सचिव, प्राविधिकहरु सक्रिय भएर जिम्मेवारी पुर्वक योजना कार्यान्वयन गर्न तर्फ चनाखो भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले दैनिक सेवा प्रवाह र योजनाको कामलाई जनमुखी बनाउदै परिणाममा देखिने गरि अगाडि बढ्न सवै सरोकारवालालाई ध्यानाकर्षण समेत गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय