प्यूठान । झिमरुक गाउँपालिकामा सुरु गरिएको जनताको गुनासो सुन्ने अभियान दिहाल्ना पुएको छ । मंगलबार गाउँपालिकाकाअध्यक्ष पित बहादुर महतरा क्षेत्रीको गुनासो सुन्ने अभियान सहित झिमरुक गाउँपालिका-८, आन्तरिक पर्यटकीय क्षेत्र दिहाल्ना डाँडामा पुगेको हो ।

स्थानीयबासीका गुनासा सुन्ने र सुझाव संकलन गर्ने अभियानमा लिएर अध्यक्ष एमसी पर्यटकीय केन्द्र दिहाल्ना डाँडामा पुगेर जनताको गुनासो लिनुभयो। अध्यक्ष एमसीसँग दिहाल्नका स्थानीयले आफ्नो टोल बस्तीका विकास निर्माणका समस्याहरु पालैपालो गरेर राखेका थिए ।

झिमरुक गाउँपालिका-८ मा रहेको लालीगुराँस रंगशालासम्म आउने सडक सहज नहुँदा यसलाई छिटोभन्दा छिटो सहज बनाउने गरी सडक निर्माणमा पहल गरिदिन् स्थानीयले माग राखेको अध्यक्ष एमसीले बताउनुभयो । गाउँपालिकाको खेलकुद ग्राम समेत दिहाल्नामा निर्माण गर्दा देशकै नमुना र अग्लो स्थानमा रंगशाला बन्न सक्ने भन्दै यसतर्फ पनि स्थानीयले माग राखेको उहाँले बताउनुभयो ।

यो सँगसँगै बिद्यालय, स्वास्थ्य, खानेपानी, सिंचाइ लगायतका बिषयमा पहल गरिदिन स्थानीयले अध्यक्ष एमसीसँग आग्रह गरेका छन् । उहाँले यी जनताका माग र सुझावलाई क्रमश अनुसरण गरि पूरा गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । वडा अध्यक्ष तुलस बहादुर बस्नेतको अध्यक्षतामा भएको गुनासो सुन्ने कार्यक्रममा स्थानियको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय