काठमाडौँ । पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ बजेको समयमा सङ्खुवासभा जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४।४ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भए नभएको बारेमा कुनै विवरण भने प्राप्त हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले भने क्षतिको विवरण एकिन गर्न प्रहरी युनिट खाटाइएको जनाएको छ ।
पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएपछि स्थानीय आत्तिँदै घर बाहिर निस्किएको खवर प्राप्त भएको छ । विसं २०७२ बैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्प पछि नेपालमा साना साना म्याग्निच्यूडका भूकम्प जाने क्रम बढेर गएको छ ।



S.K. Creative Media Group