दाङ । दाङको देउखुरीमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार प्युठानको ऐरावती गाउँपालिका-५ झिबाङ्ग जाडिका १९ वर्षीय सुशील थापा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

आइतबार बिहान करिब ६ बजेतिर गढवा गाउँपालिका(१ धोद्रे पुल नजिक चन्द्रौटाबाट पश्चिम जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिपर र प्युठानबाट चन्द्रौटा जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

त्यस्तै दुर्घटनामा परी एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक सोही ठाउँ निवासी २२ वर्षीय प्रचण्ड थापा रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेको भालुवाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ भने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय