काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरुद्धमा एकाएक भड्किएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, आन्दोलनको झडप परी घाइतेको उपचार क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको जनाएको छ ।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचार भैरहेको मन्त्रालयले जनाएको छ । आन्दोलनमा सुरक्षाकर्मी समेत घाइते भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको जनाएको छ ।

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सुरु भएको आन्दोलन देशव्यापी बनेसँगै सरकार र सुरक्षाप्रशासनले थप सुरक्षा निगरानी बढाएको छ।

मुलुकमा अनियमितता र भ्रष्टाचार मौलाएको, नेताहरू नसुध्रिएको भन्दै जेनजीहरु सडकमा उत्रिनुपर्ने बाध्य आएको बताएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय