प्यूठान । ०७० सालको संविधान सभा निर्वाचन पछि जिल्लाका सवै राजनीतिक दल एक्ला एक्लै निर्वाचन लड्न थालेका छन । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा प्युठानमा दलहरु एक्लै प्रतिस्पर्धामा उत्रिएका छन ।
०७० सालको संविधान सभा निर्वाचनमा सवै राजनीतिक दल एक्लै चुनाव लडेका थिए । उक्त निर्वाचनमा नेकपा (एमाले)बाट बामदेव गौतम र हिरा बहादुर केसी विजयी हुनुभएको थियो ।
त्यसयता प्युठानमा भएको दुई वटा निर्वाचनमा ठूलो गठबन्धन भएका थिए । ०७४ को निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो । राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले नेपाली कांग्रेसका गोविन्दराज पोख्रेललाई हराउँदै प्रतिनिधि सभामा पुग्नुभएको थियो । प्रदेश सभामा एमालेका हरि प्रसाद रिजाल र माओवादीका कृष्णध्वज खड्का विजयी हुनुभएको थियो ।
यसअघिको ०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा(एकीकृत समाजवादी) लगायतका पाँच दलीय गठबन्धन भएको थियो । त्यतिवेला नेकपा (एमाले) एक्लै चुनाव लडेको थियो । गठबन्धनलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा एमालेका सूर्य थापा विजयी हुनुभएको थियो ।
यस पटक प्युठानमा १४ वटा दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन । यस पटक एक्ला एक्लै दलहरु चुनाव लड्ने भएपछि उम्मेदवार र कार्यकर्ता दुवै खुशी देखिन्छन । प्युठानमा नेकपा(एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाबीच प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपी निर्वतमान प्रतिनिधि सभा सदस्य सूर्य थापा र नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज पोख्रेलबीच कडा प्रतिस्पर्धा हुने मतदाता बताउँछन ।



S.K. Creative Media Group