प्यूठान । संसद विघटनका विषयमा सर्वाेच्च अदालतमा मुद्धा चलिरहेकाले यसको संवैधानिक परीक्षण हुन बाँकी रहेको प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापाले बताउनुभएको छ । चुनावी भेटघाटका क्रममा मतदाताहरुसँगका भएको छलफलका क्रममा उहाँले संसद विघटनको मुद्धा सर्वाेच्चमा संवैधानिक परीक्षण हुन बाँकी भए पनि जनताले फैसला गर्ने बताउनुभयो ।
‘जनताको इजलासमा आएका छौं ।’ ,उहाँले भन्नुभयो, ‘सहिलाई सहि र गलतलाई गलत भन्ने फैसाल जनताबाट होस् भन्ने चाहन्छु ।’ प्रतिनिधिसभा सदस्यको कार्यकालको अवधि रहेकै समयमा असंवैधानिक विघटन भएकाले अब जित्ने अधिकार पनि एमालेकै हुने बताउनुभयो । प्यूठानी जनताले छानेको प्रतिनिधिको कार्यकाल पुरा हुनुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘यो नै न्यायोचित हो ।’
उम्मेदवार थापाले बिहिवार मल्ल्रानी गाउँपालिकाका विभिन्न क्षेत्रहरुमा मतदातासँग भेटघाट गर्नुभएको छ । पाण्डेडाँडा, बुकेनी, सानीलेख, अर्वाङ एकराते लगायत क्षेत्रमा जनभेटघाट कार्यक्रम सम्पन्न भएको एमाले प्यूठानकी उपसचिव इश्वरा आचार्यले बताउनुभयो ।
भेटघाटके क्रममा उम्मेदवार सहितको चुनावी टोलीले गाउँपालिकाको पर्यटकीय क्षेत्र बुकीडाँडाको अवलोकन समेत गरेका छन् ।
२०७९ मा भएको निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका थापा यस पटक पनि उम्मेदवार हुनुहुन्छ ।



S.K. Creative Media Group