प्यूठान । फोप्ली स्वास्थ्य चौकीले सामाजिक सुरक्षा भत्ता बुझ्ने जेष्ठ नागरिकको नागरिकता फोटोकपी गरिदिएको छ । स्वास्थ्य चौकीले स्वास्थ्य सेवाको अतिरिक्त जेष्ठ नागरिकको सहजताको लागि उक्त सेवा प्रदान गरेको हो ।

आइतबार लुप्लुङमा सामाजिक सुरक्षा भत्ता बुझ्न आएका करीब १५० जना नागरिकलाई ३ वर्षसम्म पुग्ने गरी निःशुल्क फोटोकपी सेवा प्रदान गरिएको स्वास्थ्य संस्था प्रमुख प्रकाश घिमिरेले बताउनुभयो ।

साथै ३० वर्ष माथिका नागरिकहरूको निःशुल्क नसर्ने रोग सम्बन्धी स्वास्थ्य परीक्षण समेत गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय