प्यूठान । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्यूठानमा १ लाख ६५ हजार ४०६ जना मतदाता रहेका छन । निर्वाचन आयोगका अनुसार १५८ मतदान स्थल र २३० मतदान केन्द्र रहेका छन ।

जिल्लामा सवैभन्दा एक हजार भन्दा बढी मतदाता रहेका मतदान केन्द ११ वटा रहेका छन ।

ऐरावती गाउँपालिका १ स्थित बालशिक्षा आवि मान्द्रेचौरमा १०३३ जना, ऐरावती गाउँपालिका ३ स्थित धर्मोदय मावि जावुनेमा १०३९ जना, झिमरुक गाउँपालिका ३ स्थित बालविकास केन्द हल्ते १०३३ जना र झिमरुक गाउँपालिका ७ स्थित सत्य मावि रोटेपानी (क) मा १०३६ जना र (ख) मा १०५० जना मतदाता रहेका छन ।

त्यसैगरी नौबहिनी गाउँपालिका ८ स्थित नेरा प्रावि खैरापुकमा १०५९ जना, प्यूठान नगरपालिका १ स्थित माण्डवी प्रावि धाइरेचौर १०३२ जना, प्यूठान नगरपालिका १० स्थित जनकल्याण प्रावि नेपानेमा १०४४ जना, मल्लरानी गाउँपालिका १ स्थित जनता मावि सोलहाल्नामा १०१२ जना, मल्लरानी गाउँपालिका ५ स्थित भुमिश्वरी आवि कुमिकोट खैरामा १०१० जना र स्वर्गद्धारी नगरापालिका ७ बेलवास स्थित बेलवास मावि सोत्रे (ख) मा १००० जना मतदाता रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय