काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर सत्र गर्ने घोषणा गरेको छ।
बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको बारेमा विस्तृत जानकारी दिन कांग्रेसका सभापति गगनकुमार थापाले बिहीबार काठमाडौँको राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा-तपाईको प्रश्न’ कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुभएको हो।
सञ्चालन हुने यस कार्यक्रमको उद्देश्य प्रतिज्ञा पत्रका बारेमा देशविदेशबाट आउने प्रश्नहरूको जवाफ दिने र पार्टीका योजनाहरू स्पष्ट गर्नु हो। कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार, सभापति थापाले ठूलो एलइडी स्क्रिनमार्फत प्रतिज्ञा पत्रको संक्षेपमा जानकारी दिने कार्यक्रम आयोजना राखिने जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरूले प्रत्यक्ष रूपमा प्रश्न सोध्न सक्नेछन् र सभापति थापाले ती प्रश्नहरूको जवाफ दिने व्यवस्था मिलाइएको छ । प्रवक्ता चालिसेले यस कार्यकममा प्रविधिको प्रयोग गरेर, संसारभरिबाट पनि प्रत्यक्ष प्रश्नहरू सोध्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले प्रतिज्ञा पत्र मार्फत आफ्ना आगामी पाँच वर्षका योजनाहरू सार्वजनिक गरेको छ र आफ्नो नेतृत्वमा सरकार बनाउने लक्ष्य समेत राखेको छ ।
चुनावी घोषणापत्रका बारेमा नागरिकले प्रश्न गर्ने र सम्बन्धित दलका नेताले सार्वजनिक र प्रत्यक्ष रूपमा जवाफ दिने अभ्यास पहिलोपटक हुन लागेको बताइएको छ ।



S.K. Creative Media Group