प्युठान । जिल्लाका विभिन्न क्षेत्रभित्र रहेका एक सय बढी घरपालुवा तथा सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको छ । जिल्लाका मुख्य बजारहरु बाग्दुला, विजुवार, जुम्री, बड्डाँडा र दरभानबाट कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको हो ।

जिल्लामा सामुदायिक (छाडा) कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायलाई समेत क्षति पु¥याउन थालेपछि शिविर नै सञ्चालन गरेर बन्ध्याकरण गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका पशु प्राबिधिक भरत गिरीले जानकारी दिनुभयो ।

सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न बन्ध्याकरण कार्यक्रम सुरु गरिएको कार्यालय प्रमुख विनोद शर्माले बताउनुभयो । कार्यक्रममा भाले र पोथी कुकुर गरी एक सय भन्दा बढिको कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको छ ।

गाउँटोल तथा बजार चोकमा पुगेर सामुदायिक (छाडा) कुकुरलाई नियन्त्रणमा लिई बन्ध्याकरण र उपचार गरिएको थियोे । बन्ध्याकरण गरिएका कुकुरहरुलाई नियन्त्रण लिएकै स्थानमा लगेर छोडिएको छ। बन्ध्याकरण कार्यक्रम फागुन ३ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको थियो ।

जिल्ला स्थित एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको आयोजनामा कुकुरहरुमा स्थायी बन्ध्याकरण कार्यक्रमा कार्यालयमा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डाक्टर सुमन खनाल र पशु चिकित्सक डाक्टर राम भरोश यादवले कुकुरहरुको सर्जरी तथा उपचार गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय