प्यूठान । जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको छ । १५८ वटै मतदान स्थलमा मतदान चलिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
केही मतदान केन्द्रमा ढिलो गरि मतदान शुरु भएपनि सबैमा बिहान ७ बजेदेखि नै मतदान शुरु भएको हो । केहि केन्द्रहरु सर्बदलिय बैठकका कारण ढिलोगरि शुरु भएको मुख्य निर्वाचन अधिकृतले हिरण्य प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
हालसम्म १८ हजार ६४० मतदान भएको छ । जिल्लामा कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेका छ्न ।



S.K. Creative Media Group