प्यूठान । चुनावी प्रचारमा रहेको गाडी ठक्करबाट घाईते भएका मध्य तीन जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।
लु १ च ७७६९ नम्बरको पिकअप जीपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा घाइते मोटरसाइकल चालक प्यूठान नगरपालिका-५ जुम्रीकाँडाका २० वर्षीय जीवन बिश्वकर्मा र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २१ वर्षीय रेशम खड्कालाई बुटवल रिफर गरिएको छ ।
त्यसैगरी दुर्घटनामा घाईते स्कुटर चालक लमही नगरपालिका-६ देउपुर दाङ बस्ने वर्ष २६ का दिपक पोख्रेललाई नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
स्कुटरमा सवार पोख्रेलकी श्रीमती वर्ष २५ कि सुजता भण्डारीको जिल्ला अस्पताल बिजुवारमा उपचारपछि डिस्चार्ज गरिएको छ । बाग्दुला नजिकै दुर्घटना भएको थियो । यद्यपि रास्वपा प्यूठानले उक्त गाडी चुनाब प्रचारमा प्रयोग नभएको दाबी गरेको छ ।



S.K. Creative Media Group