प्यूठान । रास्वपाको चुनावी प्रचारको गाडी दुर्घटना हुँदा प्यूठानमा चार जना घाइते भएका छ्न । प्यूठान नगरपालिका बाग्दुला नजिकै दुर्घटना भएको हो ।
लु १ च ७७६९ नम्बरको पिकअप जीपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । घाइते हुनेहरुमा मोटरसाइकल चालक प्यूठान नगरपालिका-५ जुम्रीकाँडाका २० वर्षीय जीवन बिश्वकर्मा र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २१ वर्षीय रेशम खड्का रहेका छ्न ।
दुर्घटनामा स्कुटर चालक लमही नगरपालिका-६ देउपुर दाङ बस्ने वर्ष २६ का दिपक पोख्रेल र स्कुटरमा सवार पोख्रेलकी श्रीमती वर्ष २५ कि सुजता भण्डारी घाईते भएका हुन ।



S.K. Creative Media Group