प्यूठान । विहीबार सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा प्यूठानमा ५१ दशमलव १६ प्रतिशत मतदान भएको छ । जिल्लामा रहेका १ लाख ६५ हजार ४०६ जना मतदाता मध्ये ८४ हजार ३३६ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले बताउनुभयो ।
५१ हजार २४२ जना महिला, ३३ हजार ३९३ जना पुरुष र एक जना अन्यले मतदान गरेका छन । अहिले मतपेटिका जिल्लामा ल्याउने क्रम जारी छ ।



S.K. Creative Media Group