बाँके । बाँकेमा ६३ दशमलभ ४६ प्रतिशत मत खसेको छ । बाँकेको तीन वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा गरेर उक्त मत खसेको हो । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार बाँकेमा कुल २ लाख २२ हजार ३ सय ६६ मत खसेको छ ।

जस अनुसार बाँके क्षेत्र नम्बर १ मा ७५ हजार १ सय ९९, क्षेत्र नम्बर २ मा ७२ हजार ६ सय ९ र क्षेत्र नम्बर ३ मा ७४ हजार ५ सय ५८ मत खसेको छ । बाँकेमा कुल मतदाता ३ लाख ५० हजार ३ सय ७१ जना रहेका थिए ।

मतगणना गर्न क्षेत्र नम्बर १ को अगैयास्थित राप्ती सोनारी गाउँपालिका कार्यालय, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय नेपालगन्ज र क्षेत्र नम्बर ३ को खजुरास्थित कपास विकास समितिको कार्यालय तोकिएको छ ।

अहिले तीन वटै क्षेत्रमा मतपेटिका संकलनको काम चलिरहेको मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले जानकारी दिनुभयो । सबै ठाउँबाट मत पेटिका संकलन भईसकेपछि सर्बदलिय बैठक राखेर आजै रातीदेखी गणनाको काम सुरु गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर