डाेटी । डाेटीमा माटाेकाे ढिस्काेमा पुरिएर एक किशोरीकाे मृत्यु भएकाे छ । मंगलबार बिहान करिब ९:४८ बजेकाे समयमा जिल्लाको सायल गाउँपालिका- २ ग्वानी बस्ने अन्दाजी १६ बर्षकी एलिना सिंहकाे माटाेकाे ढिस्काेमा पुरिएर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
घर पाेत्नकाे लागि साेहि ठाउँको गाैशिलमा माटाे खन्ने क्रममा माथिबाट माटाेकाे ढिस्काे आइ पुरिएकी र घटनास्थलमै मृत्यु भएकाे बताइएकाे छ । घटनापछि स्थानीयले माटाेबाट निकालेर मृत शरीर घर लगेकाे प्रहरीले जनाएकाे छ ।
घटनाकाे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सुवर्ण चन्दकाे नेतृत्वमा प्रहरी टाेली खटाएकाे बताइएकाे छ ।



S.K. Creative Media Group