प्यूठान । सरुमारानी गाउँपालिकाले ‘किसानसँग गाउँ सरकार’ कार्यक्रमअन्तर्गत सञ्चालन गरेको निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्न भएको छ ।

गाउँपालिका पशु सेवा शाखा, बड्डाँडाका अनुसार वैशाख १० देखि १७ गतेसम्म ६ वटै वडामा सञ्चालन गरिएको शिविरबाट ३५० घरपरिवार लाभान्वित भएको शाखा प्रमुख केशब गिरीले जानकारी दिनुभयो।
शिविरमार्फत १३५ भैंसी–राँगा, ४६३ गाई–गोरु, ३ हजार १८२ बाख्रा–बोका, ४ हजार १३४ कुखुरा र १२७ बंगुरको रोगअनुसार उपचार तथा औषधि वितरण गरिएको छ ।

यस्तै, १५ कुकुरलाई रेविजविरुद्ध खोप लगाइएको छ भने १४ बोकाको बन्ध्याकरण गरिएको शाखाले जनाएको छ।

शिविरका क्रममा व्यावसायिक पशुपालन गरिरहेका कृषकका फार्मसमेत अनुगमन गरी सुधार गर्नुपर्ने प्राविधिक पक्षबारे सुझाव दिइएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय