काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय समाधान नभएको बताउनु भएको छ । सरकारले नेपालमा टिकटक बन्द गर्ने घोषणा गरेपश्चात् मेयर साहको यस्तो टिप्पणी आएको हो।

सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास सरकारले गर्दा राम्रो हुने बताउनु भएको छ । करको दायरामा ल्याउने र टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने तर्फ सरकार लाग्नुपर्ने सुझाव मेयर शाहको रहेको छ ।

उहाँले मंगलबार समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियममा ल्याउनु प्रयास गर्नुहोला करको दायरामा ल्याएर गलत गर्ने कुरालाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्नुहोला’, ‘बन्द समाधान हैन। यो बन्दलाई टिकटकसँग नियमन गर्नलाई दरो आधार बनोस्, मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्।’

उहाँ लेख्नुहुन्छ, यदि तपाईँहरू टिकटक चलाउनुहुन्थ्यो भने धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नुभयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन् । जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् । यस्ता फेक आइडी बन्द गर्न टिकटक, नेपाल प्रहरीको साइबर ब्युरोमा र नेपाल दूरसञ्चार प्राधिकरण पटकपटक अनुरोध गरेपनि बन्द भएन उहाँले भन्नुहुन्छ, सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता फेक आइडी हटाउने र मिथ्या सूचना रोक्ने कुरामा ध्यान नदिएको बताउनुभयो । अब सामाजिक संजालको नियमन गर्नलाई दह्रो आधार बनोस् । मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय