प्यूठान । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा प्यूठानले रक्तदान र फलफूल बितरण कार्यक्रम गरेको छ । जिल्ला अस्पताल बिजुवारमा रहेका बिरामीलाई सोमबार बिहान फलफूल बितरण गरिएको हो ।

जिल्ला अस्पताल बिजुवारमा उपचाररत ४१ जना बिरामीलाई फलफूल वितरण गरिएको छ । त्यस्तै प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका कोषाध्यक्ष एलबी थापा, सदस्य कमल बि.क, प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानका निवर्तमान अध्यक्ष बिजयसिंह भारती र स्वंयमसेवक रक्तदाता समाजका केन्द्रीय सदस्य मनु लामाले रक्तदान गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्माले स्थापना दिवसको अवसरमा शुभकामना दिदै बिरामीलाई फलफूल बितरण गर्नुभएको थियो ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष बासुदेव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चोतारी नेपालका केन्द्रीय सदस्य गिरुप्रसाद भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशिल पोख्रेल, प्रगतिशिल पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष प्रज्वल पहाडी, लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव राम बहादुर विश्वकर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय