काठमाडौं । क्यानडासंगको एक दिवसीय क्रिकेटमा नेपाल ७ रनले बिजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पहिलो एक दिवसीय खेलमा नेपालले ७ रनले बिजयी भएको हो ।
जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै २२४ रन बनाएको थियो ।
नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए । क्यानडाका निकोलश किर्टोनले ६८ रन र पारगत सिंहले ५० रन बनाएका थिए ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । आरिफ शेखले ३८ रन र सोमपाल कामी २७ रनमा आउट भए । क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए । अन्तिमसम्म खेल रोमान्चक बनेको थियो ।