प्यूठान । अमर क्याम्पस प्यूठानको सञ्चालक समिमिको अध्यक्षका लागि भएको मतदानको मतगणना हुन सकेको छैन । शनिवार मतदानको कार्यक्रम सकिए पनि आईतबार विहानसम्म मतगणना शुरु हुन नसकेको हो । मतपेटिकालाई इलाका प्रहरी कार्यालय भिंगृमा सुरक्षित राखिएको छ ।


मतदानको अन्तिम समयमा निर्वाचन समितिमा रहेका दुई मतदातालाई मतदानका लागि दवाव सिर्जना गर्दा मतगणना प्रभावित भएको हो । अध्यक्ष पदका उम्मेदवार सुर्वण कुमार श्रेष्ठ सहितको एक टोलिले निर्वाचन समितिमा रहेका मतदातालाई मतदानको लागि दवाव सिर्जना गरेका थियो ।

‘मतदानको अन्तिममा निर्वाचन समितिका दुई सदस्यलाई मतदानका लागि आग्रह भएको थियो ।’ ,क्याम्पस प्रमुख मधुसुदन अधिकारीले भन्नुभयो, ‘कानुनी परामर्श गर्दा समितिमा बसेर मतदान नगर्दा राम्रो हुने सुझाव प्राप्त भएकाले उहाँहरुले मतदान गर्नुभएन ।’ सञ्चालक समितिका सदस्य समेत रहनुभएका हरिचन्द्र रेग्मी र सञ्चालक समितिका सदस्य शिक्षक प्रतिनिधि यमराज शर्माले निर्वाचन समितिमा भएकाले मतदान गर्नुभएन । मतदानको अन्तिम समयमा उम्मेदवार र उम्मेदवारका प्रतिनिधि मतदान स्थलमा नभएको हुँदा मतगणना हुन नसकेको हो ।

सहमतिमा मतगणना अघि बढाउन अनुरोध गरेको क्याम्पस प्रशासनले जनाएको छ । अवको प्रतिक्रया के गर्ने विषयमा कानुनी परामर्शमा अघि बढ्ने क्याम्पस प्रमुख अधिकारीले बताउनुभयो । यस विषयमा अध्यक्षका उम्मेदवार श्रेष्ठसँग प्रतिक्रिया लिन खोज्दा उहाँको मोवाइल अफ छ ।

कुल ६८ मतदाता रहेकोमा ५६ मत खसेको छ । सञ्चालक समितिको अध्यक्षका लागि नेत्रबहादुर रोका क्षेत्री र सुर्वण कुमार श्रेष्ठ उम्मेदवार हुनुहुन्छ । रोकालाई नेकपा (एमाले) र श्रेष्ठलाई नेपाली कांग्रेस लगायतका दलहरुको समर्थन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय