माया गिरी,

प्युठान । जिल्लाका ग्रामीण भेगमा आत्महत्या, बालविवाह, बहुविवाह, साईवर अपराधका घटना बढ्दै गएको भन्दै यस्ता घटना न्यूनीकरण गर्न प्रहरीले बिद्यालय स्तरमा सचेतना अभियान थालेको छ । आइतबार बाल विद्या माध्यमिक विद्यालय मरन्ठाना मजुवामा कक्षा ८, ९ र १० कक्षामा अध्यनरत विद्यार्थीलाई साइबर अपराध, बालविवाह, आत्महत्या र कुलत लगाएतको बिषयमा प्रहरीले जानकारी गराइएको हो ।

साइबर अपराध, बालविवाह, हिंसा न्यूनीकरणमा विद्यार्थीकाे महत्त्वपूर्ण भुमिका हुने भन्दै विद्यार्थी केन्द्रीत अभियान संचालन गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक थापाका अनुसार जिल्लामा पछिल्लो समय आत्महत्या, बालविवाह, बहुविवाह, साईवर अपराधका घटनाहरू बढ्दै गएको भन्दै त्यस्ता घटनामा कमी ल्याउन बिद्यालय केन्द्रित सचेतना मुलक अभियान सुरु गरिएको बताउनुभयो। गाउँ समाजमा हुने सामाजिक विकृति न्युनिकरण गर्न, यो अभियानले सहयोग पुग्ने उहाँले बताउनुभयो । विद्यार्थीले सामाजिक संजालकाे दुरुपयोगबाट पनि कैयन नकारात्मक प्रभाव परेकोले मोबाइलको दुरुपयोग र प्रलोभनमा पारेर बाल विवाह, हिंसा तथा अन्य अपराध जन्य घटना बढ्दै गएकोले यसतर्फ सचेत हुन विद्यार्थीलाई प्रहरी प्रमुख डिएसपी थापाले आग्रह गर्नुभयो ।

समाजमा धुर्मपान, मध्यपान तथा लागुपर्दाथकाे प्रयाेगको कुलतले युवा पुस्तामा निकै ठुलो प्रभाव पारेकोले यस्ता कुलतबाट जोगिन विद्यार्थीहरु सचेत हुनुपर्ने बताउनुभयो । समाजमा हुने सबै प्रकारका अपराधहरू न्युनिकरण गर्न प्रहरी मात्रैले नसक्ने भएकोले स्थानीय सरकार, विद्यालय तथा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरूकाे पनि उत्तिकै महत्त्वपूर्ण भुमिका रहनेभएकोले सबै मिलेर गाउँ गाउँमा अभियानको रूपमा कार्यक्रम लैजानुपर्नेमा जोड दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय प्युठानकाे “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत गरिएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक केशु गिरी अध्यक्षता तथा प्रमुख अथिती जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाको रहेको थियो भने, कार्यक्रममा प्युठान नगरपालिका वडा नम्बर ९ र १० का वडा अध्यक्ष विकास केसी र लाेक बहादुर केसी, बिद्यालयका विद्यार्थी शिक्षक प्रहरी लगाएतको उपस्थिति थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय