प्युठान । झिमरुकको एक बिद्यालयमा बिद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न अतिरिक्त कक्षा संचालन गर्दै आएको छ । बिद्यालयबाट छुट्टी भएर घरमा पुगेपछि विद्यार्थीले नपढ्ने जनगुनासो अभिभावकबाट आएपछि पढ्ने बानिको बिकास गर्न भन्दै झिमरुक-८, गब्दिको ज्ञानज्योती आधारभुत बिद्यालयले अतिरिक्त कक्षा सुरु गर्दै आएको हो।

बिद्यालयले २०७८ सालको पौष देखि निरन्तररुपमा बेलुका ४ बजे बिद्यालय छुट्टी भएपछि बेलुका ५:३० बजेसम्म बहुकक्षा शिक्षण सिकाई प्रणाली अनुसार दिनभरी शिक्षकले विद्यार्थीलाई सिकाएको बिषयबस्तुको पुनर्ताजगी गर्दै गृहकार्य गराउने, लेखनशैली बढाउने, पढ्ने बानिको बिकास गर्दै अतिरिक्त कार्यमा जागरुक बनाउने कार्य गर्दै आएको बिद्यालयका प्रधानाध्यापक कमल जिसीले जानकारी दिनुभयो ।

बालबिकास देखि कक्षा ८ सम्म संचालित बिद्यालयमा अध्यनरत कक्षा ४ देखि ८ कक्षासम्मका बालबालिकालाई बिषयगत शिक्षकहरुले निशुल्करुपमा नियमित अतिरिक्त कक्षा संचालन गर्दै आएको प्रधानाध्यापक जिसीले बताउनुभयो । अतिरिक्त कक्षाले विद्यार्थीलाई पढ्ने बानी बिकास भएको र विद्यार्थीको पठनशिपमा परिवर्तन आएको उहाँले बताउनुभयो। अन्य बिदाको दिनमा पनि विद्यार्थीलाई नियमित पढाउने गरेको उहाँले जानकारी दिनुभयो ।

गएको शैक्षिकसत्रमा यो बिद्यालयका कक्षा ८ को पालिका स्तरिय परिक्षामा उत्कृष्ट भएको बताउनुभयो । “घरमा गएर पढ्ने भन्दा खेल्ने गरिन्थ्यो” एक विद्यार्थीले भन्नुभयो, अहिले पढ्ने बानी परिसक्यो त्यसैले पढ्नमै रमाइलो लाग्ने बताउनुभयो ।

शुक्रबार गाउँपालिकाको उपाध्यक्ष प्रमोद पोख्रेल सहित प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही इन्जिनियर अशोक जिसी लगाएतको टोलिले बिद्यालय अनुगम गरेको छ। सोही क्रममा उपाध्यक्ष पोख्रेलले चौरमा पढाउदै गरेको बिद्यार्थीलाई देखेपछि शिक्षकहरुलाई हौसला दिनुभएको थियो । मेहन गरेपछी सामुदायिक बिद्यालयलाई पनि अब्बल बनाउन सकिने भएकोले सबै यो बिद्यालयको सकारात्मक कार्यको सिको गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय