प्यूठान । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गर्दै अनेरास्ववियू प्यूठानले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएको हो ।

विहिवार र शुक्रवार जिल्ला विभिन्न क्याम्पसहरुमा र मित्रमणि चोक विजुवारमा प्रदर्शन समेत गरेको छ । रोजगार अनुमति प्रणाली मार्फत रोजगारीको लागि दक्षिण कोरिया जान चाहेका युवाहरुले काठमाण्डौंको बालकुमारीमा गरेको प्रदर्शनमा दुई युवाको ज्यान गएको घटना मन्त्री ज्वालाको कमजोरीका कारण घटना जाँझवुझ आयोगको निष्कर्षलाई कार्यान्वयन गर्न भन्दै अनेरास्ववियूले प्रदर्शन तथा ज्ञापन पत्र बुझाएको हो । गत पुस १२ गते भएको उक्त घटनामा प्रहरीको गोलि लागि दूई युवाको ज्यान गएको थियो ।

घटनाको सत्य तथ्य जाँचबुझ गर्न सरकारले उच्च अदालतका पूर्व न्यायधिश शेखर प्रसाद पौडेलको अध्यक्षतामा छानविन समिति गठन गरेको थियो । मन्त्री ज्वालाको कमजोरीका कारण घटना घटेको प्रतिवेदन कार्यान्वयन गर्दै मन्त्री ज्वालालाई बर्खास्त गरी दोषिहरुलाई कानुनी कार्वाही गर्न माग गर्दै ज्ञापन पत्र र प्रदर्शन गरेको अनेरास्ववियू प्यूठानका अध्यक्ष दिलबहादुर दसौदीले जानकारी दिनुभयो ।






S.K. Creative Media Group