प्यूठान । मगर दिवसका अवसरमा फागुन १५ गते प्यूठानका दुई वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । सरुमारानी गाउँपालिका र ऐरावती गाउँपालिकाले एक सूचना जारी गरेर मगर दिवसका अवसरमा बिदा दिएका हुन् ।
ती पालिकामा मगर समुदायको बाहुल्यता रहेको छ । ती पालिकाका प्रमुख प्रशासकिय अधिकृतद्वारा जारी सूचनामा ४२औं मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिएको उल्लेख छ ।