प्यूठान । भाुलवाङ-प्यूठान सडक खण्ड अन्तर्गत मोतिपुर क्षेत्रमा सडक मर्मत गर्न थालिएको छ । सडक डिभिजन प्यूठानले उक्त क्षेत्रका विभिन्न ठाउँमा घुम्ती काटेर सडक चौडा बनाउने कार्य गर्न लागेको हो ।
यसअघि फागुन १७ गतेदेखी सडक मर्मतको काम हुने भएकाले विहान र साँझ मात्र सडक सुचारु हुने कार्यालयले सूचना जारी गरेको छ । विहान ८ बजेदेखी दिउँसो १ बजेसम्म र साँझ ६ बजेदेखी १० बजेसम्म सडक सुचारु हुने कार्यालयले जनाएको छ ।