प्यूठान । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्यूठानले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

फोनिजले तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको दाबी गरेको छ । श्रेष्ठलाई महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासंघका सबै समिति मार्फत माग गरिएपनि गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासंघ
तयार नभएपछि निर्णायक आन्दोलनमा उत्रिएको फोनिजले जनाएको छ ।

सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासंघ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासंघको नीति विरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको ज्ञापन पत्रमा उल्लेख छ । ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महाससंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै माग पूरा नभए नेपाल पत्रकार महासंघका केन्द्र सहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने चेतावनी फोनिजले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय