प्यूठान । आज बेलुकीपख आएको हावाहुरीले रुख ढाल्दा च्यापिएर पाल्पामा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा तानसेन नगरपालिका–५ कैलाशनगर बस्ने १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको हो ।

प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएकोमा उपचारकै क्रममा दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

सो घटनामा परी स्कुटर चालक तानसेन नगरपालिका वडानम्बर २ बडिज्ञान टोल बस्ने २० वर्षीय प्रथम शाही घाइते हुनुभएको छ । शाहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

आज बेलुकीपख ५ बजेर ५० मिनेटमा हावाहुरी चल्दा रुख जरैबाट ढल्दा लु ८१ प ११३६ नम्बरको स्कुटरसहित दुवै जना च्यापिएका थिए ।
यस्तै हावाहुरीले प्यूठान सहित देशका विभिन्न ठाउमा क्षति गरेको समाचार प्राप्त भएको छ । प्यूठानको नौबहिनी गाउँपालिकाका धेरे ठाउँमा घरको छाना हावाहुरीले उडाएको छ । क्षतिको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय