प्यूठान । नेपाल प्रहरीमा बिभिन्न कारणले रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा जिल्ला प्रहरी कार्यालय प्यूठानबाट दरखास्त फाराम दर्ता गराएका उम्मेदवारलाई प्रहरी जवान छनौट परिक्षा “अभिमुखीकरण कार्यक्रम” गरिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन गरिएको कार्यक्रममा पुरुष ८५ महिला ७१ गरी जम्मा १५६ जना उम्मेदवारहरुको उपस्थिती रहेको थियो ।
अभिमुखीकरण कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख इश्वर थापा रहनु भएको थियो । कार्यक्रममा भर्ना छनौट अन्तरगत शारीरिक तन्दुरुस्ती तथा बाधापार परिक्षाको नमूना अभ्यास प्रदर्शन गराउनुका साथै प्रहरी जवानको पाठ्यक्रम, लिखित परीक्षाको नमूना प्रश्न पत्र समेत समेटिएको प्रस्तुतिकरण र नेपाल प्रहरी प्रधान कार्यालयबाट निर्मित प्रारम्भिक स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परिक्षण सम्बन्धी भिडियो प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिबाट उम्मेदवारहरुलाई परिक्षामा सहभागी हुन सहजताको लागि कार्यक्रम आयोजना गरिएको बताउदै सफलताका लागि सकरात्मक सोच तथा निरन्तरको अभ्यास आवश्यक हुने बताउनुभयो ।