प्यूठान । माण्डवी गाउँपालिकाको पवित्र धार्मिक स्थल त्रिवेणी धाममा आजदेखी महोत्सव शुरु भएको छ । त्रिवेणी सामुदायिक ग्रामीण विकास संस्थाले आयोजना गरेको महोत्सवको संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले उद्घाटन गर्नुभएको हो ।
बैशाख ९ गतेसम्म प्यूठान माण्डवी कृषि, पर्यटन तथा सांस्कृतिक मेला महोत्सव सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष रामचन्द्र पौडेलले बताउनुभयो । कृषि तथा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको माडी क्षेत्रमा उत्पादन हुने सामाग्रीको बजारीकरणमा समेत महोत्सवले सहयोग गर्ने अध्यक्ष पौडेलको भनाई छ ।
महोत्सवमा माडी क्षेत्रको पुरानो माडीखोले नाँच, मारुनी नाँच, बिद्यालय स्तरीय हाजिर जवाफ, जिल्ला स्तरीय भलिवल प्रतियोगिता, हात्ती सवार, प्याराग्लाइडिङ, बोटिंङ, डान्स आइडल, विद्युतीय मेशिन कृषि औजार प्रदर्शनी, आटोमोबाईल प्रदर्शनी हुनेछ ।
त्यसैगरी,माडी खोलाका माछाको परिकार, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति समेटिने मेला संयोजक ईमान बिष्टले जानकारी दिनुभयो ।