प्यूठान । एकीकृत कृष तथा पशुपन्छी विकास कार्यालय प्यूठानले आगामी आर्थिक वर्षको लागि योजना तथा कार्यक्रम बनाउन स्थानीय तहसँग छलफल गरेको छ । कार्यालयले स्थानीय तहहरुसँग योजना तर्जुमा सम्बन्धि गोष्ठी आयोजना गरि आगामी वर्षका लागि योजना बनाउन लागेको हो ।

कार्यालयका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले कार्यालय स्थापना भएपछि पहिलो पटक योजना तर्जुमा गोष्ठी गरिएको बताउनुभयो । स्थानीय तहहरुले बनाउने कार्यक्रम, स्थानीय तहमा रहेको माग र आवश्यकतालाई प्राथमिकता दिँदै दोहोरोपना हटाउन कार्यक्रम गरिएको उहाँले बताउनुभयो । स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा तर्फका प्राविधिक र विभिन्न क्षेत्रका कृषकहरुको सहभागितामा भएको गोष्ठीमा समुहगत छलफल गरि योजनाको विषयमा अभ्यास गरिएको निमित्त प्रमुख श्रेष्ठले बताउनुभयो ।

जिल्लामा योजना तर्जुमा गोष्ठी पछि प्रदेश स्तरमा सवै जिल्लाका कार्यालयहरुको सहभागितामा छलफल हुने उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा रहेको बजेटको ७५ प्रतिशत बजेटमा रहेर योजना तथा कार्यक्रम बनाउन प्रदेशबाट निर्देशन प्राप्त भएको र सोही अनुसार कार्यक्रम बनाउनुपर्ने उहाँको भनाई छ । जिल्लामा कतिपय पकेट क्षेत्र भएपनि त्यसतर्फ कार्यक्रम नभएकाले त्यस्ता कार्यक्रमलाई समेत समेटेर लैजानुपर्ने उहाँको भनाई छ । उहाँले उत्पादनमा आधारित अनुदान, लक्षित वर्गको कार्यक्रममा जोड दिनुपर्ने लगायत विविध सिमाहरु रहेको बताउनुभयो ।

गोष्ठीको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यता, मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको विशेष आतिथ्यता थियो । वन्यजन्तुको समस्यामा रहेका किसानहरुलाई बैकल्पिक कृषि खेती गर्ने गरि योजना बनाउन अतिथीहरुले सुझाव दिनुभएको थियो । कार्यक्रममा कार्यालयका सूचना अधिकारी डा.गणेश बहादुर पुनले स्वागात र सञ्चालन प्राविधिक सहायक अशोक शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय