प्यूठान । राष्ट्रिय दलित पत्रकार संघ प्यूठानले दलित आन्दोलनको अभियानमा सहयोग गर्ने विभिन्न ब्याक्तित्वलाई सम्मान गरेको छ । संघको चौथो साधारणसभा तथा दोस्रो अधिबेशनमा विभिन्न ब्याक्तित्वलाई सम्मान गरेको हो ।

संघले महिला कटुवाल कमला सुनार, जिल्ला समन्वय समिति प्यूठानका सदस्य रेगम रसाइली, गौमुखी गाउँपालिका-४ का वडा अध्यक्ष धनिराम सुनार, प्यूठान नगरपालिका-३ का वडा अध्यक्ष सुमन श्रेष्ठ, प्यूठान अस्पतालका डाक्टर राजेन्द्र पौडेललाई सम्मान गरेको छ ।

त्यसैगरी राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य चिन्ता परियार, कर्णाली प्रदेश अध्यक्ष खगेन्द्र सुनार, सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा, जिल्ला समन्वय समिति प्यूठानका सदस्य तारा बिक, दलित अधिकारकर्मी उमादेबी बादी र राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष बिनोद पहाडीलाई सम्मान गरेको छ ।

कार्यक्रममा पत्रकार तथा सन्चार माध्यमलाई समेत सम्मान र पुरस्कार प्रदान गरिएको छ । पत्रकार लोकेन्द्र सुनार, राधा नेपाली
र केशर सुनारलाई पुरस्कार प्रदान गरिएको हो । झुलेनी मिडिया नेटवर्कलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय